कोरोनाबाट निको भइसकेका पुरुषहरूको प्लाज्मा उपयोगी
Tuesday, June 23rd, 2020, 9:33 pm
कोभिड १९का बिरामीको उपचार गर्न अनुसन्धानमा प्रयोग गर्नका लागि कोरोना भाइरसको संक्रमणपछि निको भएका पुरुषहरूलाई प्लाज्मा दान गर्न अपिल गरेको छ । एजेन्सीले अप्रिल देखि मेसम्म कोभिड १९ संक्रमणपछि निको भएकाहरूलाई रगत र प्लाज्मा दान गर्न अपील गरेको हो । यस अपीलमा अहिलेसम्म करीव ६ सय मानिसहरूले आफ्नो प्लाज्मा दान गरिसकेका छन् ।
हालसम्म गरिएको अनुसन्धानले पुरुषहरू गम्भीर बिरामी हुने सम्भावना बढी रहेको हुदा महिलाहरूको तुलनामा उनीहरूमा एन्टिबडीहरू बढी हुने पत्ता लागेको छ । पुरुषहरूको प्लाज्मामा ४३ प्रतिशतमा उच्च स्तरको एन्टिबडीहरू र महिलामा २९ प्रतिशत एन्टिबडीहरू मात्र रहेको हुदा पुरुषहरूको प्लाज्मा जीवन बचाउनका लागि बढी उपयोगी हुने देखिन्छ ।
बेलायती स्वास्थ्य एजेन्सी (एनएचएस)ले परीक्षण सफल भएको खण्डमा प्लाज्मा अस्पताल बिरामीहरूको उपचार गर्न प्रयोग गर्न सकिने बताएको छ ।