दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएकाे बताइएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)का अनुसार सङ्क्रमणको पहिलो लहरलाई सावधानीपूर्वक सामना गरेको दक्षिण कोरियामा कोरोनाको दोस्राे लहर लामो समय रहन सक्छ ।
दक्षिण कोरियामा हालसम्म १२ हजार बढि कोरोना सङ्क्रमण पुस्टि भइसकेको छ भने २ सय ८० जनाको ज्यान गएको छ । अहिले सम्म, केसीडीसीले दक्षिण कोरियाले कोरोनाको पहिलो लहर अन्त्य नभएको बताउदै आएको थियो ।
दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा पनि आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो । तर, केसीडीसीले कोरोनाको पहिलो लहर अप्रिल सम्म चलेको र मे महिनासम्ममा नयाँ सङ्क्रमणको संख्या हजारदेखि शून्य नजिक पुर्याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको बताएको छ ।
मेको शुरुमा सियोल क्षेत्रमा केन्द्रित संक्रमणको नयाँ लहरको शुरुआत भएको स्पष्ट पारिएको छ ।