गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो
Tuesday, June 23rd, 2020, 9:09 pm
असार ९ । गण्डकी प्रदेशमा थप १०४ नोभेल कोरोना भाइरस संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज साँझ ८ ः १५ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा १०४ नयाँ संक्रमित फेला परेका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप भएका नयाँ १०४ जना संक्रमितहरु थपिएका हुन् ।