कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि
Tuesday, June 23rd, 2020, 7:53 pm
९ असार, विराटनगर । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार(आज) संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु सबै जना आ(आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।
संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।