करण जोहरले ट्विटरमा जम्मा ८ जना बाकी रखेर सबैलाई गरे अनफलो
Tuesday, June 23rd, 2020, 8:48 pm
काठमान्डौ, असार ९ । हिन्दी सिनेमाका निर्माता तथा निर्देशक करण जोहरले आफ्नो ट्विटर खाताबाट सबै नजिकका साथीहरूलाई अनफलो गरेका छन् ।
सुशांत सिंह राजपूतका सबै फ्यानहरू करण जोहरसँग धेरै रिसाएका छन् भने उनलाई बढी लक्षित गर्दै अनलाइन ट्रोलिंग भइरहेको छ । यस उत्पीडनबाट जोगिनका लागी करणले आलिया भट्ट, वरुण धवन, र काजोल जस्ता प्रसिद्ध व्यक्तिहरू लगायत सबैलाई समेत गरेका हुन् । करणले अब ट्वीटरमा तीन आफ्नै प्रडक्सन हाउस, प्रधानमन्त्री नरेन्द्र मोदी, अक्षय कुमार, अमिताभ बच्चन, शाहरुख खान र उनका प्रोडक्शन हाउसका सीईओ अपूर्व मेहता मात्र फलो गरेका छन् । साथै करणले आफ्नो फोन नम्बर समेत परिवर्तन गरिसकेका छन् ।
करणले सुशांत सिंह राजपूत र ज्याकलिन फर्नान्डिसको ‘ड्राइभ’ निर्माण भएको दुई बर्षपछि सिनेमाघरहरूमा रिलिज नगरि गत बर्ष नेटफ्लिक्समा रिलीज गरेका थिइ । आत्महत्याको प्रमुख कारण यहि रहेको सोचेर सुशांतका फ्यानहरू करण माथि आइलागेका हुन् । करण जोहरलगायत आठ जना फिल्म निर्माताहरूमाथी मुद्दा समेत हालिएको छ ।