रुस: कोरोना संक्रमितको संख्या ६ लाख नजिक
Tuesday, June 23rd, 2020, 7:08 pm
एजेन्सी, ९ असार । रुसमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख नजिक पुगेको छ । रुसमा बितेको २४ घण्टामा ७ हजार ६ सय जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर साढे ५ लाख ९२ हजार २ सय ८० पुगेको हो ।
रुस अहिले कोरोना प्रभावितको सुचिमा अमेरिका र ब्राजिल पछि तेस्रो नम्बरमा रहेको छ । पछिल्लो २४ घण्टा यता ९५ जनाको मृत्यु भएसंगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय ६ पुगेको छ । संक्रमितको तुलनामा मृत्युदर कम नै रहेको रुसमा निको हुनेको संख्या, सक्रिय संक्रमितको संख्याको तुलनामा धेरै रहेको छ ।
रुसमा २ लाख ३९ हजार ६ सय ५८ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् । भने अहिलेसम्मको वर्लडोमिटरको तथ्यांक अनुसार रुसमा संक्रमितको संख्या बढिरहेको बेला ३ लाख ४४ हजार ४ सय १६ जना सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् ।