काठमान्डौ, असार ९ । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टा यता ब्राजिलमा ७ सय ४८ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ५१ हजार ४ सय ७ पुगेको हो ।
ब्राजिलको नेशनल काउन्सिल अफ हेल्थको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या ११ लाख ११ हजार ३ सय ४८ भन्दा धेरै रहेको छ । बितेको चौबिस घण्टामा मात्रै ब्राजिलमा कोरोनाबाट २४ हजार भन्दा बढि संक्रमित फेला परेका छन् । ब्राजिलमा सबैभन्दा धेरै मृत्यु साओ पाओलोमा र त्यसपछि, रियो दि जेनेरियोमा धेरै मानिसको मृत्यु भइसकेको छ । ब्राजिको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ७९ हजार २ सय २६ संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् ।