दीपक मनाङेले संसदीय समितिबाट दिए राजीनामा
Tuesday, June 23rd, 2020, 6:15 pm
पोखरा असार ९। दीपक मनाङे उर्फ राजीव गुरुङले गण्डकी प्रदेश सभाको संसदीय समितिबाट शुक्रबार राजीनामा गरेका छन् । समितिमा बस्नुको औचित्य नदेखेका कारण राजीनामा दिएको गुरुङले बताएका छन् । उनले अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् ।
खेलकुद, क्रसर र ठेक्कापट्टा लगायतमा व्यापक भ्रष्टाचार हुने गरेको तर आफू बसेको समितिले केही गर्ने अधिकार नभएको भन्दै राजीनामा गरेको गुरुङले बताए । ठेक्कापट्टामा सरकारी कर्मचारीहरुको मिलेमतो हुने गरेको गुरुङको भनाइ छ ।