ब्लड क्यान्सर पीडित बालिका अस्पतालमा छट्पटाउँदै, शेयर गरी सहयोगी मनसमक्ष पु¥याउँ
Tuesday, June 23rd, 2020, 5:59 pm
सल्यान, असार ९ । सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ मेल्टाकुरी कि १६ वर्षीया बालिका निकिता पुन काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचारत छिन् । ब्लड क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।
उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । पीडित पुनका बुवा ठगे पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको र अझै १० देखि २० लाखसम्म खर्च हुने घरको सबै सम्पत्ति छोरीको उपचारमा खर्च भइसकेको उनले बताए । उनले भने, ‘सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएको छु । छोरीको उपचारका लागि भएको सबै सम्पत्ति सकियो अब केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेको छु ।’
उपचार खर्चमा सहयोग गर्नुहुनेले लक्ष्मी बैकमा रहेको खाता न ०६९२०००४४६३ जम्मा गर्न सकिने उनको भनाइ छ ।