थप १ जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो
Tuesday, June 23rd, 2020, 4:54 pm
काठमान्डौ, असार ९ । नेपालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
असार ४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा सोमबार राती ९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ
असार ३ गते अस्पताल भर्ना भएका क्षयरोगका बिरामी उनी कोरोना परीक्षण गर्दा ४ गते कोरोना पुष्टि भएको थियो ।
उनीसँगै आएकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको छ । यससँगै नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।