थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०,०९९ पुग्यो
Tuesday, June 23rd, 2020, 4:43 pm
काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
कोरोना संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना, अछामका ३ जना, अर्घाखाँचीका २ जना, बाग्लुङका १४ जना, बाजुराका २० जना, बझाङका २२ जना र डडेल्धुराका ३ जना छन् ।
त्यस्तै धादिङका १८ जना, गोरखाका २४ जना, गुल्मीका ५ जना, कैलालीका ३५ जना, कञ्चनपुरका १७ जना, कास्कीका १० जना, नवलपरासी पूर्वका ३ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रौतहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना, सिराहका ७ जना, स्याङजाका २२ जना र तनहुँका ८ जनामा पनि संक्रमण देखिएकाे छ ।
त्यसैगरी धनुषाका ३९ जना, लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना, सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका २२ जना हुम्ला र कालिकोटका १-१ जनामा पनि काेराेना पाेजेटिभ देखिएकाे डा. गौतमले जानकारी दिएका छन् ।