उद्योग वाणिज्य महासंघको निर्वाचन साउन मसान्तमा
Tuesday, June 23rd, 2020, 3:44 pm
काठमाडौं, ९ असार । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउनको अन्तिम साता हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
आइतबार महासंघको पदाधिकारीहरु बसेर गरीएको बैठकमा साउन अन्तिम साता साधारण सभा गराउने फैसला भएको हो ।
कोरोना महामारीका कारण चैत्रमा हुने पर्ने साधारणसभा साउन अन्तिम साता गरीने सहमती भएको हो ।