३७० जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या २१४२ पुग्यो
Monday, June 22nd, 2020, 4:48 pm
काठमान्डौ असार ८। पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या ३७० जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता गौतमले नियमित पत्रकार ब्रिफ़िङ्ग मार्फत संक्रमितहरुको जानकारी दिएका हुन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा डिस्चार्ज भएका ३७० जना मध्ये ३२ जना महिला रहेका छन् भने ३३८ जना पुरुष रहेका छन्।
योसंगै नेपालमा कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
डिस्चार्ज हुनेको संख्या २१४२ मध्ये १६१ जना महिला रहेका छन् भने १९६१ जना पुरुष रहेका छन्।