२४ घन्टामा ५३५ जनामा कोरोना संक्रमण , कुल संक्रमितको संख्या ९५६१ पुग्यो
Monday, June 22nd, 2020, 4:32 pm
काठमान्डौ असार ८। पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ५३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता गौतमले नियमित पत्रकार ब्रिफ़िङ्ग मार्फत संक्रमितहरुको जानकारी दिएका हुन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५३५ जना मध्ये ४४ जना महिला रहेका छन् भने ४६१ जना पुरुष रहेका छन्।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
कुल संक्रमित ९५६१ मध्ये ८९४ जना महिला रहेका छन् भने ८६६७ जना पुरुष रहेका छन्।
हालसम्म कोरोना संक्रमित भेट्टीएको जिल्लाको संख्या ७६ पुगेको छ र रसुवा जिल्लामा भने कुनै संक्रमित भेट्टिएको छैन।