पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दै पोर्न भिडियो बज्यो
Monday, June 22nd, 2020, 3:54 pm
काठमाडौं, असार ८ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ ।
सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा पोर्न भिडियो बजेको हो ।
बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको सो भर्चुअल बैठकमा प्रमुख अतिथिसमेत रहेका भट्टराई बोलिरहँदा एक्कासी अनाधिकृत रूपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीले पार्ने भिडियो प्ले गरेको थियो ।
मन्त्रीले बोल्न सुरु गरलगत्तै एक्कासी पोर्न भिडियो बजेको थियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । मन्त्रीसहित बैठकमा करिब २ सय जना सहभागी रहेका थिए ।