लागूऔषधसहित पाँज जना पक्राउ
Monday, June 22nd, 2020, 1:09 pm
इटहरी, असार ८ । झापाको कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ वर्षीय सेरा अली, २३ वर्षीय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० वर्षीय दिपेश थापा रहेका छन् ।
मोटरसाइकलमा सवार तीनै जनालाई आइतबार बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागूऔषध खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैयाँ ,२ थान मोबाइल र उनीहरू सवार गरी आएको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
यसै गरी सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट दुई जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ वर्षीय अनिल धामी र धरान–१७ का २२ वर्षीय विशाल भुजेल रहेका छन् । मोटरसाइकलमा सवार गरी आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरूको साथबाट डाइजाल्याब ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल लागूऔषध फेला पारी बरामद गरिएको हो ।
साथै उनीहरु सवार गरी आएको १ थान मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।