काठमान्डौ असार ८ । अमेरिकामा लकडाउको आवश्यक नपर्ने बताइएको छ । अमेरिकाका शीर्ष स्वास्थ्य विशेषज्ञ डा. एन्थोनी फाउचीले अब अमेरिकामा ठूलो स्तरमा लकडाउको आवश्यक नपर्ने बताएका हुन् ।
यद्यपि अमेरिकामा अझै संक्रमितहरू बढिरहेको बेलामा लकडाउको आवश्यक नपर्ने उनको भनाइ छ । बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले फेरि लकडाउन लागू गर्ने बारेमा कुरा गर्नुको साटो अमेरिकाका संक्रमण फैलिएको क्षेत्रमा संक्रमणलाई नियन्त्रण कसरी गर्ने कुरामा जोड दिनु पर्ने विषयमा चर्चा गर्नु पर्ने देखिन्छ ।
डा. फाउचीका अनुसार जनताले अर्थतन्त्रलाई पछाडि फर्काउन स्थानीय तहमा प्रयास गर्नु पर्ने हुन्छ । साथै उनले संक्रमितहरू नभएको क्षेत्रमा स्कूलहरू खोल्न सकिने सल्लाह दिएका छन् । हालसम्म अमेरिकामा देखिएका संक्रमितहरू सबैभन्दा बढी न्यूयोर्कमा छन् । यद्यपि न्यूयोर्कमा संक्रमण नियन्त्रण गरिए पनि संक्रमितहरू अझै देशका अन्य भागहरूमा बढिरहेको छ ।
अमेरिकामा हालसम्म २३ लाख ३० हजार बढि संक्रमित छन् भने १ लाख २१ हजार बढिको मृत्यु भइसकेको छ ।