यस्ता छन् डरलाग्दो सपना देखनुको कारण
Sunday, June 21st, 2020, 8:06 pm
काठमान्डौ असार ७। कतिपय मान्छेहरू राती डरलाग्दो सपना देखेर तर्सिने तथा निन्द्राबाट बिउझिने गर्छन् । डरलाग्दो सपना देखेपछि मुटुको ढुकढुकी बढेर, पसिना आएर सपनामा नभएर बिपना जस्तो लागेर डर पनि लग्न सक्छ । मानिसहरूले डर लाग्दो सपनाहरू देख्दा बिभिन्न अनुमान लगाउने गरेको पाइन्छ । हाम्रो समाजमा डरलाग्दा सपनाले भविष्यको संकेत गर्ने तथा भूतप्रेत, बोक्सी जस्ता विषयहरुसँग जोड्ने गरिएको छ । भने मानिसहरूले यसमा विश्वास पनि गरेको पाइन्छ । डरलाग्दा सपना आउनुको कारण धेरै छन् । सामान्यतः तनावको कारणले गर्दा मानिसहरूले डरलाग्दो सपना देख्ने गरेको पाइन्छ । यदि कुनै विषयका कारण मान्छे तनावमा छ भने डरालाग्दो सपना देखिनु स्वाभाविक हो । कुनै घटनाले आघात पारेको छ भने पनि डरलाग्दो सपना आउने गर्छ ।
कुनै बिरामी, ज्वरो आदिका समयमा पनि डरलाग्दो सपना आउने गर्छ । तर, बैज्ञानिकहरुले यस विषयमा गहिरो अध्ययन गरे पछि डर लाग्दो सपना देखिनुको कारण तथा यसको समाधान कसरी गर्ने उपाय पत्ता लगाएका छन् । अध्यनका अनुसार मानिसले देख्ने सपना उनीहरूको सुताईको अवस्थामा भर पर्ने देखिएको छ । जो व्यक्तिहरू आफ्नो शरीरलाई बाँया तिर कोल्टो पारेर सुत्छन् तिनीहरूलाई ४ ०प्रतिशत डरलाग्दो सपनाले सताउने र निन्द्रा बिग्रेको पाइएयो थियो । तर, दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुमा यस्तो सपना १४.६ प्रतिशत मात्रा पाइने र उनीहरूको निन्द्रा सुखद र आनन्ददायी भएको देखिएको थियो । मानिसहरूले देख्ने सपनालाई सुत्ने पोजिसनले निकै प्रभाव पारिरहेको अध्ययनको निष्कर्ष रहेको छ ।