भारतमा कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण देखापर्यो, बढ्यो चिन्ता
Sunday, June 21st, 2020, 7:21 pm
भारत, असार ७। भारतमा कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण देखिएको छ । पश्चिम बंगालको राजधानी कोलकातामा, कोरोनाको असामान्य लक्षण देखिएका नयाँ बिरामीहरू बढिरहेको कारण चिन्ता पनि बढेको छ ।
बिबिसीमा उल्लेख गरे अनुसार स्वास्थ्य विभागका अधिकारीहरूले केही दिनदेखि कोरोना संक्रमितहरूमा विगतका केही दिनहरूमा असामान्य लक्षण भएका बिरामीहरुको संख्या लगातार बढिरहेको बताएका छन् ।
कोरोना संक्रमितहरूमा मांशपेशी दुख्नने, नाक बन्द हुने, डायरिया हुने र स्वाद तथा गन्ध नै थाहा नहुने जस्तो लक्षणहरू देखापरेको छ । यस अगाडि ज्वरो र रुखाको मात्र संकेत देखिने गरेका थिए । कोलकातामा शनिबार मात्र ४ सय ४१ नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १३ हजार पाँच सय ३१ पुगेको छ । त्यस्तै ११ जनाको ज्यान गएपछि कोरोना संक्रमणका कारण कोलकातामा हालसम्म ५ सय ४० जनाको ज्यान गइसकेको छ भने २४ घन्टायता ६ सय ५२ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।