दक्षिण कोरियामा फेरि कोरोनाको संक्रमण बढ्दो
Sunday, June 21st, 2020, 7:17 pm
दक्षिण कोरियामा फेरि एकपटक कोरोना भाइरसका संक्रमित थपिएका छन् । दक्षिण कोरियाले ठूलो मात्रामा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा राख्न सफल भएको विश्वास गरिइको थियो ।
आइतवार, दक्षिण कोरियामा ४८ नयाँ संक्रमित थपिएका हुन् । यससँगै, देशमा संक्रमित व्यक्तिहरूको कुल संख्या बढेर १२ हजार ४ सय २१ पुगेको छ । नयाँ संक्रमितहरू मध्ये ४० जना स्थानीय संक्रमणबाट र ८ वटा देश बाहिरबाट आएका हुन् । हालसम्म दक्षिण कोरियामा २ सय ८० जनाको मृत्यु भएको छ भने १० हजार ८ सय ६८ जना सफल उपचारपछि निको भएर घर फर्कीसकेका छन् ।
कोरियाका रोग नियन्त्रण र रोकथाम केन्द्र (केसीडीसी)ले बिदेशबाट आएकाहरूको संख्यामा कमी आएपनि स्थानीय तहमा संक्रमण हुने मानिसहरूको संख्या बढेको जानकरी दिएका छन् । राजधानी सोल र वरपरका क्षेत्रमा, संक्रमण छिटो फैलिएको र सबैभन्दा बढी संक्रमणको रिपोर्ट भइरहेको बताइएको छ ।